सुनका गहना लुट्न बुहारीद्वारा सासुको हत्या


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

गुल्मीमा २ जना बुहारी मिलेर सासुको हत्या गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा–३ सिमपानी निवासी ७६ वर्षिय कौशीला बिकलाई बुहारीहरु २३ वर्षिय देबि बिक र २८ वर्षिय लक्ष्मी बिक मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले जानकारी दिए ।

२ जना बुहारी मिलेर सुनका गहना लुट्ने योजनामा सासुको हत्या भएको प्रहरीले जनाएको छ । बुहारीले गत पुस १७ गते सासुलाई गोरु फुकेको योजना बनाई गोठमा लगेर दाउराले हानेर बेहोस बनाएर नाक कानमा लगाएका सुनका गहना लुटेको प्रहरीले जनाएको छ । उनीहरुले गहना लुटेर गोरुले हानेर घाइते भएको भन्दै छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल ल्याएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी कौशीलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटवल स्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

उपचारको क्रममा देबि बिकको पुस १९ गते मृत्यु भएको थियो । मृतक बिकको टाउकोमा लागेको चोट सहित शबलाई हेर्दा गोरुले हानेको नभई मान्छेले हानेको जस्तो देखेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा २ बुहारी मिलेर हत्या गरेको खुलेको प्रहरी नायव उपरिक्षक घलेले बताए । सासुको हत्या गर्ने मध्येकी देबि बिक सँगै बस्दै आएको प्रहरीले जनाएको छ । साँझ पख मृतक कौशिलाका श्रीमान मासु लिन गएका र अन्य कोही नभएको मौका पारि देबि र लक्ष्मीले सासुलाई गोरुको गोठमा गएको बेला दाउराले हानेर बेहोस बनाएर गहना लुटने योजना बनाई हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गर्ने अभियुक्त देबिका श्रीमान बिदेशमा र अर्का लक्ष्मीका श्रीमान घरमै रहेका छन् । हत्या गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com