अस्पतालमै बन्धक बनेकी १८ वर्षकी ठगिसरा घर फर्किइन्


प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

आर्थिक अभावका कारण अस्पतालबाट विरामी निकाल्न नपाएका पाल्पाका एक परिवारले मंगलवार साझ विरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । तिलोत्तमा नगरपालिका स्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ की ठगिसरा सोमै (पुजा सोमै)को उपचार शुल्क सामाजिक विकास मन्त्रि सुदर्शन बराललेको पहलमा छुट गराई अस्पतालबाट घर पठाईएको हो । मन्त्री बरालको पहलमा १८ वर्षिय ठगिसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासन छुट गर्न सहमत भएको थियो ।

८४ दिन अस्पतालमा भर्ना हुँदा एक लाख ६२ हजार ४ सय रुपैयाको विल भएको थियो । विरामी सोमैको माईतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय ३० रुपैया शुल्क अस्पताललाई वुझाई सकेका थिए । ७४ हजार ४ सय ७० रुपैया भुक्तानी गर्न बाँकी रहेको थियो । चिकित्सकले घर लैजान सुझाव दिएपनि वाँकी शुल्क वुझाउन नसकेका कारण घर जान रोकेर राखेको थियो । गत असोज ८ गते श्रीमान भूमवहादुर सोमैले पुजाको टाउकोमा प्रहार गरी ठूलो चोट लाग्ने गरी घाईते बनाएका थिए । असोज २९ गतेदेखी सम्म पाल्पा लुम्विनी मेडिकल कलेजमा भर्ना गएकोमा त्यहा निको नभएकाले तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको पुजाको सहोदर दाजु निस्दी गाउँपालिकाका सुवास परियारले बताए ।

चिकित्सकले एक महिना अघि नै घर लैजान डिस्चार्ज दिएपनि शुल्क तिर्न नसकेकाले घर फर्कन नसकेको अवस्थामा मन्त्री सुदर्शन वरालको पहलमा वहिनीलाई लिएर घर फर्किएको उनले बताए । क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले विरामीको आर्थिक अवस्था कमजोर भएको र मन्त्री ज्यूको आग्रहमा वाँकी शुल्क छुट गरी विरामीलाई घर पठाईएको जानकारी दिए । सामाजिक विकास मन्त्री सुदर्शन बरालले कुनै पनि अस्पतालले १० प्रतिशत विरामीलाई विपन्नताका आधारमा निशुल्क उपचार गर्नुपर्ने प्रावधान रहेको बताउँदै त्यसलाई प्रभावकारी रुपमा लागु गरिने बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com