पाँच महिनामा ८० अर्बको पेट्रोलियम पदार्थ आयात


प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

पछिल्लो पाँच महिनामा ८० अर्ब रुपैयाँ बराबरको १३ लाख २० हजार किलोलिटर इन्धन आयात भएको छ । बजारमा इन्धनको माग बढेसँगै आयातमा पनि उलेख्य वृद्धिभएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा ७९ अर्ब १९ लाख १० हजार ८०९ रुपैयाँ बराबरको १३ लाख २० हजार ६३७ किलोलिटर इन्धन आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धनको खपत बढ्दै गएकाले आयातमा पनि वृद्धि भएको बताए । पाँच महिनामा ८० अर्ब रुपैयाँ बराबरको १३ लाख २० हजार ६ सय ३७ किलोलिटर इन्धन आयात भएको उनले जानकारी दिए ।

यस अवधिमासबैभन्दा धेरै ७ लाख १८ हजार एक सय ७९ किलोलिटर डिजेल, २ लाख ८६ हजार ५९४ किलोलिटर पेट्रोल, १२ हजार ३३० मटीतेल, ९१ हजार ८५२ किलोलिटरहवाई इन्धन र २ लाख ११ हजार ६८२ टन खाना पकाउने एलपीग्यासको आयात भएको छ ।बढ्दो सवारीसाधनको प्रयोगसँगै विकास निर्माणको काम विस्तार भइरहेकाले पनि इन्धनको आयातमा बढ्दै गएको हो । निगमका अनुसार जुलाई महिनाको १५ दिनमा १ लाख २५ हजार ९ सय ५६ किलोलिटर इन्धन आयात भएको छ । यस्तै अगष्ट महिनामा २ लाख १३ हजार ३७५ किलोलिटर, सेप्टेम्बर महिनामा २लाख ९ हजार ५८८ किलोलिटर इन्धन आयात भएको निगमको तथ्यांक छ ।

यस्तै, अक्टोबर महिनामा २ लाख ४० हजार २२३ किलोलिटर इन्धन आयात भएको छ । नोभेम्बर महिनामा २ लाख ५९ हजार ३४४ किलोलिटर र डिसेम्बर महिनामा २ लाख ७२ हजार १४९ किलोलिटर इन्धन आयात भएको निगमको तथ्यांक छ । यस अवधिमा २ लाख ११ हजार ६८२ टन खाना पकाउने एलपी ग्यासको आयात भएको छ । निगमले इन्डियन आयलकर्पाे रेसन(आइओसी)लाई इन्धन खरिद गरेवापत मासिक १० देखि १५ अर्ब रुपैयाँ बुझाउने गर्छ ।
यसैबीच, चिसो बढेसँगै ग्यास आयात भने बढ्दै गएको छ । डिसेम्बर महिनामा ४१ हजार ८८५ टन ग्यास आयात भएको छ ।

यस्तै नोभेम्बर महिनामा ४२ हजार १६८ टन, अक्टोबरमा ३६ हजार ९५१टन ग्यासको आयात भएको निगमको भनाइ छ । सेप्टेम्बर महिनामा ४० लाख २६४ र अगष्टमा ३१ लाख ५६३ टन ग्यास आयात भएको थियो । चिसो मौसममा ग्यासको खपत धेरै हुने भएकाले पनि अन्य समयमको तुलनामा चिसो मौसममा धेरै ग्यास आयात हुने गर्छ । ग्यासमा कोटा निर्धारण नभएकाले पनि उद्योगीले आवश्यकताअनुसार ग्यास ल्याउने गरेका छन् ।इन्धनको आयात बढ्दै गएकाले पनि मुलुकमा यसले व्यापार घाटा बढाएको छ ।- कारोबार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com