प्रदेश ३ को राजधानी हेटौँडा


प्रकाशित मिति : पुस २७, २०७६ आईतबार

प्रदेश ३ को राजधानी मकवानपुरको हेटौँडा अनुमोदन भएको छ । आइतबार प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी हेटौँडा राख्ने प्रस्ताव अत्यधिक बहुमतले पारित भएको हो ।

१ सय १० जना प्रदेश सभा सदस्य रहेकोमा राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ र विपक्षमा ३ मत मात्रै परेको थियो । विवेकशील पार्टीका सांसदहरू रमेश पौडेल, बिराजभक्त श्रेष्ठ र शोभा शाक्यले विपक्षमा मतदान गरे । यसअघि विवेकशील पार्टीले काभ्रेको धुलिखेल प्रदेश राजधानी प्रस्ताव गरेको थियो । नयाँशक्तिबाट निर्वा्चित तर पछिल्लो समय स्वतन्त्र रहेका सांसद् प्रेम तामाङ मतदान प्रक्रियामा अनुपस्थित थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com