नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्यो


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

लगातारको वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित बनेको छ । पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । चारकिलोमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिए पनि वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com