सुनचाँदीको भाउ बढ्याे


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

शुक्रबार सुनचाँदीको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेर तोलाको ७४ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबार स्थिर रहँदै सुनको भाउ तोलाको ७४ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । गएको पुस २३ गते बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । त्यो दिन तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो, जुन मूल्य अहिलेसम्मकै महँगो हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com