आजदेखि देशभरीकै मौसममा सुधार
प्रकाशित मिति : माघ ४, २०७६ शनिबार
देशभरीकै मौसममा आजदेखि विस्तारै सुधार हुने भएको छ । तराईका केहि स्थानमा लागेको हुस्सुरकुहिरो अपरान्ह पछि बिस्तारै हटेर जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् । तर शनिबार पनि देशका थोरै ठाउँमा हल्का पानी र हिमपातको संभावना भने रहेको उनले बताए । कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएको २४ घण्टामा देशभरी नै पानी परेको थियो । वर्षाका कारण शुक्रबार रुपन्देहीको सैनामैनामा लागेको मेलाका सबै कार्यक्रम स्थगित भएको थियो । भने गुल्मीको रुरु महोत्सवमा स्टलमा समेत वर्षाले क्षेती पुराएको थियो ।