ओली-प्रचण्ड सहमत, अग्नि सापकोटा सभामुख बन्ने


प्रकाशित मिति : माघ ५, २०७६ आईतबार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दियो । यद्यपि आइतबारै अपराह्न बस्ने पार्टी सचिवालयको बैठकले सभामुखबारे निर्णय लिने बताइको छ ।

सभामुखको उमेदवारको विषयमा दुई अध्यक्ष सहमतिमा पुग्न सकेका थिएनन् । पार्टी एकताअघिकै भागवण्डाअनुसार सभामुख टुंग्याइनुपर्ने भन्दै पूर्वमाओवादी केन्द्रले अडान राख्दै आएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com