रवि लामिछानेसहित तीनैजनालाई सफाइ


प्रकाशित मिति : माघ ५, २०७६ आईतबार

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जना निर्दोष ठहरिएका छन् ।

जिल्ला अदालतको चितवनको न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले सफाइ पाएका हुन् ।

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो । यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

विभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com