उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामाको घोषणा गरेकी छन् । सोमबार बसेको पहिलो संसद बैठकमा तुम्बाहाङ्फेले राजीनामा दिएकाे घोषणा गरेकी हुन् ।

संसदमा छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङफेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै सभामुख चयन प्रकृया सहज बनाउनका लागि मार्गप्रशस्त  गर्न राजीनामा गरेकी बताइन् ।

उनले हरेक निर्णयहरु इतिहासको कसीमा मूल्यांकन हुने उल्लेख गर्दै उपसभामुख स्वतन्त्र पद हुने भए पनि त्यसको जरा आफूले बिर्सन नहुने पनि उल्लेख गरिन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com