पोखरीमा डुबेर सन्धिखर्कमा दुई बालिकाको मृत्यु


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

अर्घाखाँचीमा पोखरीमा डुबेर दुई बालिकको मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १, शान्ति बगैंचाको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मालारानी गाउँपालिका- ८ घर भएकी वर्ष ५ कि कृष्टिना महत र प्युठानको प्युठान नगरपालिका घर भैइ हाल सन्धिखर्क बस्ने चार वर्षकि वर्षा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बगैचा भित्र खेल्ने क्रममा डुबेर घाईते भएको र उपचारको क्रममा ज्यान गएको बताईएको छ ।

उनीहरुको शब पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com