राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ को महिलातर्फ घिमिरे विजयी


प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार

राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत प्रदेश ५ को महिलातर्फ सत्तारुढ नेकपाकी उम्मेदवार विमला घिमिरे विजयी भएकी छिन् । उनी ५ हजार ७ सय २८ मत प्राप्त गरी विजय भएकी हुन् । त्यस्तै कांग्रेसका उम्मेदवारले २ हजार १ सय प्राप्त गरेका छन् ।

घिमिरेले स्थानीय तहमा १ सय १५ र प्रदेश सभा तर्फ ६६ मत पाएकी थिइन् । स्थानीय तहको १८ र प्रदेश सभा मतभारको ४८ रहेको छ । प्रदेश ५ मा ३ सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ । कूल ३ जना सदस्यका लागि प्रमुख सत्तारुढ दल नेकपा, प्रतिपक्षी दल नेपाली कांग्रेस, जनमोर्चा, रापजा, समाजवादी पार्टी लगायत दलहरुले उम्मेदवारी दर्ता गराएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com