सांसद दीपक मनाङे पक्राउ


प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार

प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको छ। एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई कुटपिट र गालीगलौजसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयको पत्रअनुसार बिहीबार कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मनाङेविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए । मनाङे राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पोखरामै रहेका बेला पक्राउ परेका हुन्। मङ्गलबार कुटिएका एन्फा कास्कीका अध्यक्ष मिलनले बुधबार दिउँसो उजुरी दर्ता गराएका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com