सांसदहरु नै विश्वास गर्दैनन् सरकारी अस्पताल


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

सरकारी अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क हुने भए पनि अधिकांश सांसद उपचारका लागि निजी अस्पताल धाउने गरेका छन् । सरकारी अस्पतालप्रति अविश्वासकै कारण सांसदहरु उपचारका लागि निजी वा विदेशका अस्पतालमा पुगेका हुन् ।

संसद् सचिवालयको स्वास्थ्य इकाइका अनुसार सांसदलाई निजामति अस्पताल, वीर अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगायत सरकारी अस्पतालमा उपचार निःशुल्क भए पनि केही सांसद मात्र यी अस्पतालमा जाने गरेका छन् । इकाइले आवश्यकता अनुसार परीक्षण गरी सांसदलाई सरकारी अस्पताल रेफर गर्छ । केही सांसद भने इकाइ नै नगइ निजी अस्पताल धाउँछन् । ‘केस हेरेर सांसदलाई रेफर गरिन्छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने, ‘सरकारी अस्पतालमा जाने वा नजाने, त्यो बिरामीको कुरा हो । –राजधानी दैनिक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com