एकै परिवारका सातजना सुरक्षा फाैजमा, आमाबुवा सम्मानित


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

दिपायल सिलगढी नगरपालिकाकाे जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआईसिंह गाउँपालिका ६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाई सम्मान गरेको छ ।

उहाँका सात सन्तानमध्ये पाँच छोरा र एक छोरी नेपाली सेना र एक छोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहेका छन् । एकै परिवारका सात जनाले सुरक्षा फाैजमा याेगदान पुर्‍याएकाे भन्दै गणपति जहरसिंह बुढामगरले जैसी दम्पतीलाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गर्नु भएको हाे ।

छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरा छोराछोरीको योगदानले म आज सम्मानित भए योभन्दा अरु खुशीको क्षण के हुन सक्छ र ?’ -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com