सभामुखविरुद्ध विरोध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध विरोध प्रदर्शन गर्ने ११ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । नवनिर्वाचित सभामुख सापकोटाको सोमबार गोपनीयताको शपथ लिने तयारी हुँदै गर्दा राष्ट्रपति कार्यालय शीतल निवास अगाडी प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनक राउत, निराजन थपलिया, चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, शंकर राजन कुइँकेल, एलिना गौतम, विपीन बुढाथोकीसहित ११ जना रहेका छन् । ‘हत्या’ अभियोग लागेका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय नेकपाले गरेदेखि नै विरोध प्रदर्शन हुँदै आएको छ ।

यस्तै, सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार बिहान ११ बजेपछि शीतल निवासमा भएको विशेष कार्यक्रमकाबीच शपथ लिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com