पोखरा र लुम्बिनीमा विश्वशान्ति पूजा गरिने


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

विश्वशान्ति र धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा आगामी माघ २० गतेदेखि २२ गतेसम्म विश्वशान्ति पूजा हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १७ औँं स्थापना दिवसको अवसरमा शान्ति पूजा कार्यक्रम गर्न लागिएको हो । शान्ति पूजा लुम्बिनीबाट शुरु भई पोखरा पुग्नेछ । शान्तिदीप २० गते लुम्बिनीबाट पोखरा लगिने जनाइएको छ ।

तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन र अन्तर्राष्ट्रिय पर्वतीय सङग्रहालयको प्रचारप्रसारमा टेवा पुग्ने बताइएको छ । नेपालको धार्मिक पर्यटन गतिविधिका रूपमा स्थापित गर्न पूजा सहयोगी हुने संघका अध्यक्ष शन्तवीर लामाले बताए । पूजाले बुद्धको जन्मबारे फैलाइएको नकारात्मक भ्रमलाई चिर्न पनि सहयोग पुग्ने उनको भनाइ थियो । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com