चामल बोकेको ट्रक पुलबाट खस्यो


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट चामल बोकेको ट्रक खसेको छ । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो ।

दुर्घटनामा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । –रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com