सुस्तामा पक्की घर निर्माण गर्दै सरकार


प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार

नवलपरासीको सुस्ता गाँउपालिका ५स्थित नारायणीपारिको सुस्तामा टिनले छाएका वा पक्की घर बिरलै देखिन्छ । यहाँका सबैजसो घर खर र झिँगटीले छाएका छन् । माटो र बाँसले बारेर बनाइएका तिनै बुकुरा घर वर्षामा डुवानमा पर्छन् ।

वर्षाको पानी र पुष माघको शिरेटो नछेक्ने झुप्प्रामा सर्प किराको जोखिम त्यतिकै हुन्छ । सुरक्षित घरबास नहुँदा बालबालिका तथा बृद्धबुद्धाहरुलाइ रुखाखोकी ज्वरो जस्ता स्वास्थ्य समस्याले सताउने गरेको स्थानीय बताउछन् । सुस्ताका यीनै समस्याको सम्बोधन गर्दै नमुना बस्तीको रुपमा विकास गर्न प्रदेश सरकारले यो वर्ष जनता आवास कार्यक्रम लागु गरेको छ । त्यसका लागि ५ करोड २५ लाख बजेट छुट्याइएको छ । जसबाट सुस्तामा टिनले छाएका पक्की घर निर्माण गर्ने योजना प्रदेश सरकारको छ ।

३ हजार १ सय ३३ जनसंख्या रहेको सुस्तामा २ सय ७२ घरधुरी छन्। ती मध्ये जम्मा १५ घर पक्की छन् । प्रदेश सरकारको योजना अनुरुप पहिलो चरणमा ६९ वटा जस्तापाताले छाएका पक्की घर बन्नेछन्। त्यसका लागि प्रति घर ३ लाख ५० हजारका दरले अनुदान उपलब्ध गराइने छ।यो बजेटबाट स्थानीयले जस्ताले छाएको दुइ कोठे पक्की घर र सौचालय निर्माण गर्नु पर्नेछ । घरको नापनक्साका लागि प्रदेश सरकारले नै प्राविधिक सहयोग उपलब्ध गराएको प्रदेशको शहरी विकास तथा भवन कार्यालय रुपन्देहीका प्रमुख गोबिन्द गौतमले बताए । –नागरिक दैनिक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com