आज देशभर मौसम सफा रहने


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान सुदुरपश्चिम क्षेत्रका केहि क्षेत्रमा कुहिरो लागेको छ । केहि समय पछि कुहिरो हटेर घाम लाग्नेछ । यस्तै देशको पुर्वी र मध्य भागमा मौसम सफा रहने छ । हिमाली क्षेत्रको हकमा भने केहि क्षेत्रमा मात्र हिमपात हुने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा दिनभर मौसम सफा रहने महाशाखाले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com