कोरोना प्रभावित जिल्लामा ५ सय जनाको परीक्षण नतिजा नेगेटिभ : प्रवक्ता डा.देवकोटा


प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड १९) को परीक्षण दायरा बढाउन थालेको छ । -यापिड डायगोनिस्टिक टेस्ट (आरटीडी) विधिबाट मन्त्रालयले विभिन्न जिल्लामा कोभिड–१९ को परीक्षणको शुरुवात गरेको हो । अहिले हरेक प्रदेशलाई ५ हजारको दरले आरडीटी कीट वितरण गरिएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३ हजार ५२४ जनाको परीक्षण भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौँमा ४०१ र काठमाडौँबाहिर २२९ गर ६३० जनाको कोभिड १९ परीक्षण गरिएको जानकारी दिए ।

अहिलेसम्म कोरोनाप्रभावित जिल्ला कैलालीमा ३३९ जनाको, कञ्चनपुरमा १३७ जनाको, बाग्लुङमा १९ जनाको र कपिलवस्तुमा २१ जनाको कोभिड १९ परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए । ८ सय बढीको परीक्षण प्रक्रिया रहेको उनले बताए । हाल क्वारेन्टाइन ८६६० जना रहेका छन् भने काठमाडौँमा १५ जनासहित आइसोलेसनमा १२५ जना रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com