आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्रीको निर्देशन,अलपत्र मजदुरको बारेमा मौन


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ । यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न र्पुयाउने व्यवस्था गर्न समेत प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गनुभएको थियो ।

बैठकमा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसग समन्वय गरेर सिधै गाउँ पु-याउने वा यही रोक्ने विकल्प पेश गरेको थियो । तर प्रधानमन्त्रीले यसमा उद्धारता देखाउन नहुने बताउनुभएको छ ।

उहाले खान नपाएरै गाउँ जान नपाएको भए यसका लागि स्थानीय तहहरुसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरुको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन समेत दिनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com