सडकमाअलपत्र परेकाहरुलाई घरसम्म सुरक्षित पु-याउ : सर्बोच्च अदालत


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

लकडाउनका कारण गन्तव्यमा पुग्न नसकेर सडकमा अलपत्र परेकाहरुलाई उनीहरुको गन्तव्यसम्म पु-याउन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

साथै घर हिंडेकाहरुलाई कुनै अवरोध नगर्न पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले अलपत्र परेकाहरुलाई घरसम्म पुग्ने सवारीसाधनको बन्दोबस्त गर्न पनि सरकारलाई नाममा आदेश दिएको हो ।

न्यायाधीश द्धयको इजलासले शुक्रबार दिएको यो आदेशअनुसार सरकारले उनीहरुलाई नि:शुल्क रुपमा घरसम्म पु-याउने व्यवस्था मिलाउनु पर्ने छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com