गुल्मीमा आगलागी, वडाअध्यक्षका छोराको मृत्यु


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको घरमा केहिबेर अघि भीषण आगलागी भएको छ । आगलागीमा परेर १ जनाको ज्यान गएको छ । चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको ज्यान गएको हो ।

खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए । लकडाउनका कारण तीनै जना घरमा थिए ।

आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर नसक्दा उनको ज्यान गएको हो । आगलागी सुरु हुनासाथ बुवाआमा बाहिर निस्के तर छोरा सकेनन्, उनको ज्यान गयो’ खत्रीले भने ।

खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे । उनी बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडध्य्क्ष समेत रहेको खत्रीले जानकारी दिए । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागी विद्युत सर्ट भएर लागेको जनाइएको छ । आगलागीबाट भएको क्षति विवरण भने आइसकेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com