प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालय बैठक


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साढे पाँच बजे केन्द्रिय सचिवालय बैठक बोलाउनु भएको छ । केहिवेर अघि  बसेको मन्त्रीपरिषद््को बैठक सकिए लगतै प्रधानमन्त्रीले केन्द्रिय सचिवालय बैठक बोलाउनु भएको हो ।

आजै बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत मत आवश्यक पर्छ ।

सोही प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय भएको एक स्रोतले बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com