लकडानमा यतिधेरै घरेलु हिंसा …..


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाइएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले जनाएको छ । ओरेकका अनुसार १३ वटा जिल्लाहरुबाट लकडाउन शुरु भएदेखि ८३ वटा महिला तथा बालिकामाथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् । यसमा ४६ वटा घरेलु हिंसा, ९ वटा सामाजिक हिसा, १४ वटा बलात्कार, २ वटा बलात्कारको प्रयास, १ वटा हत्या, १ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, २ वटा यौन दूव्र्यवहारका घटना, ६ वटा आत्महत्या, २ वटा हत्याको प्रयासका घटना रहेका छन् ।

हिंसा गर्ने व्यक्तिमा सबैभन्दा बढी ३७ जना श्रीमान् र १७ जना परिवारका सदस्य रहेका छन् । त्यसैगरि १९ वटा घटनाहरुमा छिमेकी, २ वटामा प्रेमी ठानिएका व्यक्ति, १ घटनामा साथी, १ घटनामा घरमालिक रहेको पाईएको छ भने ६ वटा घटनामा पीडकहरुको पहिचान हुन बाँकि रहेको छ । बलात्कारका घटनाहरु भने १० वटा छिमकीबाट १ घटना बुबावाट, १ वटा परिवारको सदस्यबाट, १ प्रेमी ठानिएका व्यक्तिबाट र १ पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ ।

कार्यकारी निर्देशक लुभराज न्यौपानेका अनुसार हाल महामारीको तर हालको अवस्थामा संविधानका अधिकारहरु महिलाहरुले उपभोग गर्न नपाएको देखाएको जिकिर गरे । धेरै जिल्लामा सुत्केरी हुन जाने महिलालाई अस्पतालले नलिने, राम्रो सेवा प्रदान नगर्ने जस्तो स्थिति सिर्जना भएको छ । जस्तोसुकै महामारीको स्थिति भए पनि अस्पतालले सेवा दिनुपर्दछ । तर यो नभएको कारण धेरै महिलाहरुले स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उनको भनाइ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com