स्वास्थ्य सामग्री ल्याउन,नेपाली सेनाद्वारा सवा दुई अर्बको सम्झौता !


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि १ करोड ८४ लाख ४१ हजार ७ सय ६ डलर (सवा दुई अर्व रुपैयाँ)को सम्झौता गरेको छ । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि आइतबार मात्रै अन्तिम सम्झौता गरेको थियो ।

सम्झौता अनुसार चीनबाट ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउन लागेको सेनाले यस अगाडि नै जानकारी गराइसकेको छ । सेनाले जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो ।

अति आवश्यकीय स्वास्थ्य सामग्रीहरु पहिलो चरण (सातदेखि दश दिनभित्र)मा आइपुग्ने बताइएको छ । ३ सय ४२ टन स्वास्थ्य सामग्री एकै पटक ल्याउन सम्भव नभएकाले पनि विभिन्न चरणमा ल्याउन लागिएको बताइएको छ ।

चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइने र त्यहाँबाट नेपाल सरकारले ल्याउने जानकाररी गराइएको छ । यस अगाडि पनि स्वास्थ्य सेवा विभागले ३ वटा कम्पनीसँग झन्डै ३० करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरिसकेको छ । बैशाख ५ गते गरिएको सम्झौताअनुसार २ साताभित्र उक्त सामग्री आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com