नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको सख्या ४० पुग्यो


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना आशंका गरिएका आठैजनामा भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।

स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप आठ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरु आठैजना पुरुष रहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले एक जनाको यसअघि नै संक्रमित पुष्टि गरेको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जसमध्ये पाँच जनालाई उपचारपछि डिस्चार्ज गरिएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com