लकडाउन लम्बिन सक्छ, सीमा नाका तत्काल खुल्दैन : प्रधानमन्त्री ओली


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ लम्बिन सक्ने प्रष्ट पार्नु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित नेकपाका सांसदहरुसंगको छलफलमा उहाँले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय देखिएको समेत बताउनुभयो ।

सरकारले ल्याएको अध्यादेशको विषयलाई लिएर विकसित घटनाक्रम र पार्टी भित्र उठेको अन्यौललाई लिएर नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहालले अहिले वालुवाटारमा आफ्ना सांसदहरुसंगको छलफलमा व्यस्त हुनुहुन्छ ।

छलफलमा उठेको जिज्ञासाको जवाफ दिदै प्रधानमन्त्री ओलीले भारतसंगको नाका पनि तत्काल खोल्ने कुनै योजना नरहेको बताउनुभयो । यद्धपि सीमा पारि रोकिएका नेपाललाई नेपाल प्रवेश गर्न दिने विषयमा भने सरकारले सोचिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com