आइसोलेसनमा भर्ना भएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

कोरोना भाइरसको आशंकामा काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो । दुवै जना अस्पतालबाट डिस्चार्ज भएका छन । डाक्टर बास्तोलाका अनुसार दुवै जना नर्सको स्वास्थ्य अवस्था सामान्य छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com