पूर्वसचिव भीम उपाध्याय पक्राउ


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।ललितपुरको कुसुन्तीमा रहेको निवासबाटै प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।

उपाध्यायले फेसबुक र ट्विटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेकाले पक्राउ गरिएकाे बताइएकाे छ । पछिल्लो समय उपाध्यायले सामाजिक सञ्जालबाट सरकारको तीव्र आलोचना गर्दै आएका छन् ।

उपाध्यायको केही दिनअघि स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा गालीगलौजकै शैलीमा वादविवाद पनि गरेका थिए । पछिल्लो समय उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नै टिप्पणी गर्दै आएका थिए ।

साइबर अपराधको कसुरमा आज काठमाडौं जिल्ला अदालतमा उपाध्यायलाई उपस्थित गराइने प्रहरी स्रोतले जनाएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com