पार्टी एकतापछि ओलीको विखण्डनकारी षड्यन्त्रलाई दरो झापड : डा.बाबुराम भट्टराई


प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार

राष्ट्रिय जनता पार्टीबीच बुधबार मध्यराति पार्टी एकतापछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माण भएको दाबी गर्नुभएको छ ।

पार्टी एकतापछि सामाजिक सञ्जालमा देशमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माण भएको बताउनुभएको हो । साथै उहाँले ‘ओलीको विखण्डनकारी षड्यन्त्रलाई दरो झापड’ भएको उल्लेख गर्नुभएको छ ।

डा. भट्टराईले लेख्नुभएकाे छ- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको ऐतिहासिक एकताबाट “जनता समाजवादी पार्टी,नेपाल” ( People’s Socialist Party , Nepal ) को गठन !देशमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माण ! ओलीको विखण्डनकारी षड्यन्त्रलाई दरो झापड !

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ल्याउनु भएकाे थियाे । उक्त अध्यादेशपछि प्रमुख प्रतिपक्षी दलहरूका साथै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीमा शिर्ष नेताहरूले पनि अध्यादेशप्रति असन्तुष्ट छन् ।

बुधबार मध्यराति समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने, झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा प्रयोग गर्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता रहने सहमति पत्रमा उल्लेख छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com