लकडाउनमा नेविसंघको विरोध जुलुस


प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार

नेपाल बिद्यार्थी संघको एक समुहले लकडाउनकावीच सरकारको बिरोध गर्दै प्रदर्शन गरेको छ। बिहिबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समुहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका छन्।

नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष तथा संबिधान सदस्य रन्जीत कर्णको अगुवाइमा निस्केको बिद्यार्थी समुहले संघिय संसद अगाडिको सडकमा केहिबेर प्रदर्शन गरेको थियो।

प्रदर्शन पछि सम्बाददाताहरु सँग संक्षिप्त कुरा गर्दै नेता कर्णले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले बिरोध गर्नु पर्ने बताउनु भयो । नेपाल बिद्यार्थी संघको यो समुहले आज बाट नियमित रुपमा सरकारको बिरोधमा ठाउँ ठाउँमा प्रदर्शन गर्ने बताएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com