सरकारले लियो ‘विवादास्पद’ दुबै अध्यादेश फिर्ता


प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार

सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएको छ । अध्यादेशको चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।
सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सरकारले राष्ट्रपतिलाई पत्र पठाउनुपर्नेछ ।

गत सोमाबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।

त्यसलगत्तै अध्यादेशको विरोध भएको थियो । अध्यादेशका विषयलाई लिएर सत्तारुढ दलभित्रै अध्यादेश फिर्ता लिन दवाव बढेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com