निको भएर १२ जना घर फर्किए !


प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार

नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन् ।

यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन् । शुक्रबार नै झापामा एक जना कोरोना संक्रमित देखिएका छन् । झापाको दमकका ६२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

चैत ४ गते उनका छोरा दुबइबाट फर्किएका थिए । संक्रमण देखिएका पुरुषसँगै अन्य तीन जनाको आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । पिसिआर गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए । अहिले सबैभन्दा बढी विराटनगरमा ३०, वीरगञ्जमा ५ तथा भरतपुर तथा धनगढीमा १—१ जना गरी देशभरी ३७ जना उपचाररत छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com