पटक पटक परीक्षण गरेपछि देखियो कोराना ‘पोजेटिभ’


प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार

दुई पटक आडिटी (यापिड डाइनोष्टिक टेष्ट) नेगेटिभ र दोश्रो पटकको पिआर रिपोर्टमा मात्र पोजेटिभ देखिएका झापाका दोश्रो संक्रमितको समेत ‘कन्ट्याक्ट ट्रेसिङ’को लिन सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय झापाका माहामारी फोकल पर्सन जीवन चौम्लागाईका अनुसार झापाको बाह्रदशी गाउँपालिका ४ र ५ को सीमा क्षेत्रमा रहेको चकचकी बजारका ५० बषिय एक पुरुषमा दोश्रो पिसिआर रिपोर्टमा हिजो कोभिड १९ पोजेटिभ पुष्टि भएको हो ।

उनको बैशाख १० गते पहिलो पटक पिसिआर रिपोर्ट लिएको थियो । यसमा नेगेटिभ देखिएपछि पुन ४ दिन पछि परिक्षण गरिएको थियो । यस अघि उनको आरडिटी समेत नेगेटिभ देखिएको थियो । उनी लामो सयम भारतमा बस्ने गरेका र मुश्लिम धर्म गुरु समेत रहेकाले उनीमाथि कोरोनाको आशंकामा पटक पटक परीक्षण गरिएको थियो ।

उनी भारतको दिल्लीमा केही महिना अघि भएको मुश्लिम धर्मको जमादीमा समेत सहभागि भएर ३५ दनि अघि आएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले जानकारी दिनुभयो । स्थानीय मदर्शामा समेत अध्यापन गराउदै आएका उनीमा कुनै लक्षण भने देखापरेको थिएन । यसरी संक्रमण पुष्टि भएपछि उनको ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम अघि बढाइएको अध्यक्ष राजवंशीले जानकारी दिनुभयो ।

संक्रमित ब्यक्ती धेरै हिडडुल र जनसम्पर्कमा गइरहने भएकाले उनी कहाँ कहाँ कति समय बिताए परिवारका सदस्य सहित आफन्त र जनसम्पर्कमा रहेका मानिसको खोजी गर्न थालिएको छ । संक्रमण देखिएको पुष्टि भएपछि सोमबार बिहान बसेको स्थानीय तहको बैठकले गाउँपालिका शिल गरेर सर्बसाधारणलाई आवतजावतमा प्रतिबन्ध लगाइएको बताइएको छ ।

संक्रममित ब्यक्तिको मोरङको बिराटनगर स्थित कोशी अस्पतालको काभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको जनाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । संक्रमितलाई अहिलेसम्म कुनै लक्षण समेत देखा नपरेको जनाइएको छ ।

यस अघि झापाकै दमक नपा ३ का एक ६२ बर्षिय पुरुषमा समेत संक्रमण देखा परेको थियो । दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबृक्ष चौधरीका अनुसार दमकमा सो क्षेत्र शिल गरेर आइतबार ७२ जनाको परीक्षण गरिएको छ ।

त्यस मध्ये संक्रमितसँग नजिक रहेका ५० जनाको भने पिसिआर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोपामा पठाइएको छ । अन्यको आसपासका मानिसको भने आरडिटी परीक्षण गरिएको छ । यो परीक्षणको नतिजा भने आउन बाँकी रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com