बारा र विरगञ्जका थप तीन जनामा कोरोना भएको पुष्टि,नेपालमा संक्रमित ५७


प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना विरगञ्जका छन्। अस्पताल श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com