हिमपहिरोमा हराइरहेका ७ जनाको शव ३ महिनापछि फेला


प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार

कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ । गत वर्षको माघ ३ गते अन्नपूर्ण गाँउपालिका वडा नं ११ मा पर्ने हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा तीनजना नेपाली गाईड तथा चारजना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए ।

बेपत्ता भएका उनीहरुको खोजीमा नेपाली सेनाको पश्चिम पृतना हेड्क्वार्टरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोली खटिएको थियो ।

टोलीले दुई जना नेपाली गाइड र तीनजना कोरियन पर्यटकहरुको शव पहिल्यै नै फेला परिसकेको थियो । टोलीले शुक्रबार फेला पर्न बाँकी एक जना नेपाली र एक जना कोरियन नागरिकको शव पनि फेला पारेको छ । शवलाई शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पु-याएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com