नेपालको आयोजनामा अन्तर्राष्ट्रिय भर्चुअल कन्फरेन्स, विभिन्न राष्ट्रका विज्ञ सहभागि


प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार

स्कलर्स एशोसिएशन नेपालले अन्तर्राष्ट्रिय स्तरको भर्चुअल कन्फरेन्सको आयोजना गरेको छ । लकडाउनको सदुपयोग गर्दै अप्रिल २५ अर्थात बैशाख १३गतेबाट सुरु भएको विदेशी विज्ञ सहितको यो कन्फेरेन्स नेपालमै पहिलो पटक भएको कन्फेरेन्सका संयोजक D.N. जोशीले जानकारी दिए ।

कन्फेरेन्समा रुस, जर्मनी, पाकिस्तान, नर्वे, कोरिया, न्युजिल्याण्ड, अष्ट्रेलिया, बेलायत, बंगलादेश, आयरल्याण्ड, नेपाल लगायत विश्वका विभिन्न देशका विज्ञहरु सहभागि रहेको संयोजक जोशीले बताए ।

पेशागत विकासको लागि आयोजना गरिएको यो कन्फेन्समा सान्दर्भभिक शैक्षिक उद्देश्य, शिक्षण विधि, शैक्षिक अनुसन्धान, शैक्षिक नीति, सूचना तथा संचार प्रविधिको प्रयोग र शिक्षामा प्रभाव पार्ने विविध पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा छलफल भएको छ ।

कन्फेरेन्समा नेपालका तर्फबाट शिक्षा मन्त्रालयका अधिकारीहरु, प्रा.डा.जयराज अवस्थी, प्रा.डा. लक्ष्मण ज्ञवाली, प्रा.डा.बालचन्द्र लुइटेल, डा. लबदेव अवस्थी, प्रा.डा. मनप्रसाद वाग्ले, प्रा.डा. टिकाराम पौडेल, डा. प्रेम फ्याक, डा. सुमन लाैडारी, सगुन श्रेष्ठ, प्रमोद शाह लगायतका शिक्षाविद्हरुको सहभागिता रहेको संयोजक जोशीले जानकरी दिए ।

यो कन्फेरेन्सबाट उठेका मुद्दाहरुलाई आगामी दिनमा छलफलको विषय बनाएर निष्कर्ष निकाल्ने आयोजक स्कलर्स एशोसिएशन नेपालले जनाएको छ । कन्फेरेन्स मे ६ अर्थात बैशाख २४ गतेसम्म चल्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com