पोर्चुगलको फारोमा एक नेपालीको दुःखद निधन


प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार

पोर्चुगलको फारोमा एक नेपालीको दुःखद निधन भएको समाचार प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार उनि बलिरहेको आगोमा परेका हुन् ।

आगोमा परेपछि उनको शरीरको केही भाग जलेको छ।

उनलाई उपचारका लागि अस्पताल लागिएको थियो।

अस्पताल श्रोतका अनुसार उनको टाउकोमा चोट लागेको र शरीरको केही भाग जलेको छ।

धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए ।

उनले पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए ।

अस्पताल लगिएका उनलाई उपचार शुरु गर्दागर्दै मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ।

मृतक नेपाली फारोको बेलासलेस्थित एक पोर्चुगिज कृषि कम्पनीमा कार्यरत रहेको बुझिएको छ ।

उनी के कसरि बलिरहेको आगोमा परे र घटना भयो भन्ने बारे सरकारी अधिकारीहरुले अनुसन्धान गरिरेहका छन्।

सन् २०१० यता पोर्तुगलमा ३४ नेपालीले ज्यान गुमाइसकेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com