नेपालमा प्रेस स्वतन्त्रता कमजोर हुँदै !


प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार

नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन् । विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिएका छन् ।

रिपोर्टर विदआउन बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रहरुमध्ये ११२ औं स्थानमा पुगेको छ ।

आरएसएफले सञ्चारसम्बन्धी प्रस्तावित कानुनहरु र सरकारका प्रतिनिधिहरुले प्रेसका बारेमा गर्ने टिप्पणीहरुलाई आधार मानेर प्रेस स्वतन्त्रताको स्थिति मुल्यांकन गर्ने गर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com