पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिए मानवअधिकार आयोगमा निवदेन


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।

सांसद यादवको अपहरण नगरेको र आफूहरु निर्दोष रहेको बताउँदै उनीहरु सोमबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका हुन् । बैशाख १० गते महोत्तरीस्थित घरमै रहेका सांसद डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपीखनालले काठमाडौं ल्याएका थिए ।

यसैबीच बैशाख १८ गते सांसद यादवले पूर्व आईजीपी खनाल, सांसदहरु महेश बस्नेत र कृष्ण कुमार श्रेष्ठले आफूलाईअपहरण गरेको भन्दै आफ्नो मानवअधिकार रक्षा गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

यसरी सांसद यादवले निवेदन दिएको ४ दिनपछि आयोग पुगेका आरोपित पूर्व आईजीपी खनाल र सांसद बस्नेत र श्रेष्ठले आफूहरुले अपहरण नगरेको भन्दै निवेदन दिएका हुन् ।

उनीहरुको निवेदनमा भनिएको छ, ‘हामी उल्लेखित तीनै जनाबाट डा. सुरेन्द्र कुमार यादवले यस सममानित आयोगमा दिनुभएको निवेदन व्यहोरा उल्लेख गर्नुभएको कार्य र मानवअधिका सम्बन्धी कुनै पनि किसिमको गल्ती नभएको र निजविरुद्ध हामी निवेदकहरुबाट भए गरेका व्यवहार तथा क्रियाकलापहरुले निजको भावनामा चोट पुग्ने वा निजको कुनै अधिकार कुण्ठित हुने वा निजलाई कुनै किसिमको दबाब दिई कुनै काम गराउने भन्ने कुरा निराधर र अकल्पनीय छ ।’

त्यस्तै, उनीहरुले सांसद यादवकै पार्टीका सचेतक उमाशंकर अरगरियाको समर्थन र सल्लाहमा महोत्तरी गई सांसद यादवसँग छलफल र संवाद गरेको उल्लेख गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com