प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव पौडेललाई


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले पाउनुभएको छ ।

सोमबार बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि कार्यकारी अध्यक्ष र महासचिवले प्रस्ताव तयार पार्ने जिम्मा पाउनु भएको हो ।

बालुवाटारमा सोमबार भएको दुई अध्यक्षवीचको भेटमा गत मंसिर ४ गतेको सहमतिमै फर्किने गरी त्यसको व्यवहारिक कार्यान्वयनको मोडालिटीसमेत तयार भएको नेकपा स्रोतले जनाएको छ ।

नेकपाले स्थायी कमिटी बैठक वैशाख २५ गते बोलाएको छ । स्थायी कमिटीअघि २४ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष र महासचिवले तयार पारेको प्रस्तावमाथि छलफल हुनेछ । स्थायी कमिटी बैठकमा सचिवालयबाट सहमतिको प्रस्ताव जाने नेकपा स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले बुधवार बिहानसम्म सहमतिको प्रस्ताव तयार पारेपछि पुनः दुई अध्यक्षबीच छलफल भएर सचिवालयमा जानेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com