नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

नेपालमा थप ७ जनामा कोभिड १९ आर्थात् कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालकाे प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको नयाँ संक्रमितहरुमा एक बालिकासमेत रहेकी छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका- ८ का ३ जनामा काेराेना देखिएकाे छ । उनीहरू २२, ३० र ४० वर्षका पुरुष रहेका छन् ।

त्यस्तैगरी सोही स्थानका ९ वर्षीया बालिका र अन्य ३२, ३४ र ५५ वर्षीया महिलाहरुमा पनि काेराेना पुष्टि भएकाे छ । याेसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com