नेपालमा दुई महिने शिशुसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९


प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार

पर्सा जिल्लाको  वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्।

वीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ। उनीहरुको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिनुभयो । डा. देवकोटाका अनुसार आज फेला परेका १७ जना संक्रमितमा २ २ महिने शिशुदेखि ६६ वर्षसम्म रहेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com