जेठ १८ गतेसम्म हवाई उडान र सीमा बन्द


प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना संकरमणको त्रास जारी रहँदा सरकारले अन्तर्राष्ट्रीय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो ।

बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाउने निर्णय गरेको छ । यस्तो प्रतिबन्ध जेठ १८ सम्म पुर्‍याएको छ ।

यसअघि कोरोना भाइरसको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्मका लागि कायम राख्ने निर्णय गरेको थियो ।

यसैबीच भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरिएको जानकारी गराइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com