व्यवस्थापनमा चुके पुनः लकडाउनमा फर्कनु पर्ने डब्ल्युएचओको चेतावनी


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण व्यवस्थापनका लागि लगाइएको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

डब्लुएचओका महासचिव टेड्रोस अडानोम गेब्रियससले बुधवारको नियमित पत्रकार सम्मेलनमा यस्तो अनुरोध गरेका हुन् ।

विभिन्न देशहरुले लकडाउनलाई खुकुलो पार्ने घोषणा गरिरहेका बेला उनले कोभिड–१९ बाट प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनीसमेत दिए ।

महासचिव टेड्रोसले महामारीले विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधार भनेको राष्ट्रिय र क्षेत्रीय स्वास्थ्य अवस्था रहेको समेत बताए । उनले अहिलेको ट्रेन्डले सन् २०३० सम्म विश्वका पाँच अर्ब जनसंख्या आवश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुने बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com