तीन जिल्लामा कोभिड १९ परीक्षण तीव्र : स्वास्थ्य मन्त्रालय


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

सरकारले उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोरोना सङ्क्रमित धेरै भेटिएपछि त्यहाँ परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्ज र वीरगन्जमा एक-एक हजार गरी दुई हजार तथा उदयपुरमा थप ५ सय जना गरी २५ सय जनाको कोरोना परीक्षण गर्न घाँटीको स्वाब संकलन गर्न टोली खटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ५४ हजार ९३ जनाको आरडीटी र १४ हजार ५ सय ९ जनाको पीसीआर गरी ६८ हजार १ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com