कोरोना परीक्षण गरेका ४ सय ४१ संसदको यस्तो आयो रिपोर्ट


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

संघीय संसदका सांसद र कर्मचारीसहित ४४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार संसद भवन नयाँ बानेश्‍वरमा गरिएको परीक्षण रिपोर्ट शुक्रबार आएको हो।

परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएकव संसद सचिवालयले जनाएको छ। बिहीबार संघीय सांसद र अन्यसहित ४४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।

बिहीबार १७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य, २२९ जना कर्मचारी र मर्यादापालकसहित ४४१ जनाको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

संघीय संसदका ५४ जना सांसद कोरोना परीक्षणका लागि स्वाब संकलनमा छुटेका छन् । संसद सचिवालयले नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बिहीबार र शुक्रबार स्वाब संकलनको व्यवस्था मिलाएको थियो । जसमा । जसमा २७५ सांसद सहभागी भए भने ५४ जना छुटे ।संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।

जसमध्ये प्रतिनिधिसभाका ४ सांसद विजयकुमार गच्छदार, रेशम चौधरी, मोहम्मद अस्ताब आलम र हरिनारायण रौनियार निलम्बित छन् । राष्ट्रियसभाका ५९ मध्ये राष्ट्रपतिले नियुक्त गर्ने एक पदक खाली छ । छुटेका सांसदहरु हाल काठमाडौं उपत्यकामा नरहेका र उनीहरुले अब आफैं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गई कोरोना परीक्षण गर्नुपर्नेछ ।

‘काठमाडौं नरहनुभएका छुट्नुभएको छ । उहाँहरुले टेकु गएर परीक्षण गराएर रिपोर्ट लिएपछि मात्रै संसद बैठकमा सहभागिता जनाउन सक्नुहुनेछ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com