म्याग्दीमा ५ जनामा डेङ्गु सङ्क्रमण


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

हिमाली जिल्ला म्याग्दीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिएको छ । बेनी नगरपालिकामा एक हप्ताको अवधिमा पाँच जनामा डेङ्गु पोजेटिभ भेटिएसँगै डेङ्गुरोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो ।

एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेङ्गु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसहित टोलटोलमा जनचेतनामूलक कार्यक्रमसमेत शुरू गरिएको छ ।

एक हप्तामै नगरपालिकाभित्र पाँच डेङ्गुका सङ्क्रमित भेटिएपछि बेनीबजारमा सवारी साधन मर्मत गर्ने ग्यारेजबाट टायर नष्ट गर्ने, वडास्तरीय कार्ययोजना बनाउन जनप्रतिपनिधिको अगुवाइमा टोल सुधार समितिसहितको भेला गरिएको बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयाे । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com